लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा १४४ औं शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्ला स्थित ललितपुर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा आज १४४ औं शाखा संचालनमा ल्याएको हो ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स