मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, माग्यो बोर्डको अनुमति

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको छ ।

कम्पनीले माघ १६ गते आईपीओ निष्कासनको माग गर्दे नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि कुल २८ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स