आज पनि घट्यो नेप्से, करिब पौने ३ अर्ब कारोबार

काठमाडौं । आज साताको चौथो कारोबारको दिन पनि नेप्से परिसूचक ओरालो लागेको छ । गत साता बिहीबारदेखि घटेको नेप्सेले आज मंगलबार पनि घटेको छ ।

यस दिन नेप्से परिसूचक १५.७० अंक घटेर २१११.६८ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको सेयर खरिद बिक्री भएकोमा यस दिन २५९ पटकको कारोबारमा ५३ हजार ८७८ पटकको कारोबारमा २ अर्ब ८२ लाख ४५ हजार रुपैयाँ बराबरको ७५ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

मंगलबार आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडेको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सो लघुवित्तको सेयरमूल्य १४४ रुपैयाँ ९० पैसा बढेर १ हजार ५९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
यस दिन बाराही हाइड्रोपावरको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन प्राइम लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन सर्वाधिक ५.२१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १९ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन जलविद्युत उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.०२ प्रतिशत घटेको छ । घटेका उपसमूहमध्ये लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स