कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट हुने मिति तय, कति जनाको हात पर्देछ १० कित्ता सेयर ?

काठमाडौं । कालिञ्चोक दर्शनले निष्कासन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ माघ १९ गते बिहीबार बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रिय कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुन लागेको हो ।

कम्पनीको आईपीओमा १४ लाख ३२ हजार ८८१ जना आवेदकले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीको आईपीओमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हो ।

कम्पनीको मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताको दरले बाँडफाँट गर्दा ८९ हजार ६४० जना लगानीकर्ताले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदकको हात खाली हुने छ ।

कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन दिन सएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स