पौन ४३ खर्ब कर्जा प्रवाह गरेका बैंकहरूको ६ महिनाको ब्याज आम्दानी ८७ अर्ब ५२ करोड

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरू ८७ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । बैंकहरूले चालु आवको यो अवधिसम्म ४२ खर्ब ७१ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेर उक्त ब्याज आम्दानी कमाएका हुन् । बैंकहरूले गत आवको यो अवधिसम्ममा ४१ खर्ब २८ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेर ६९ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले ४९ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए । चालु आवको समीक्षा अवधिमा सबैभन्दा बढी खुद ब्याज आम्दानी नबिल बैंकले गरेको छ बैंकले पहिलो छ महिनामा ७ अर्ब ८३ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको यो अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब २१ करोड ९६ लाख रुपैयाँमात्रै थियो । चालु आवमा बैंकको खुद ब्याज आम्दानी बढेकै कारण वाणिज्य बैंकहरूमा सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको हो ।

सबैभन्दा कम ब्याज आम्दानी सिभिल बैंकको रहेको छ । बैंकले चालु आवको पहिलो ६ महिनामा जम्मा २ अर्ब २५ करोड ८३ लाख रुपैयाँमात्रै खुद ब्याज आम्दानी गरेको छ । कम ब्याज आम्दानी गर्ने दोस्रो बैंक नेपाल एसबिआई बैंक हो भने तेस्रोमा नम्बरमा सेन्चुरी कमर्शियल बैंक परेको छ ।

ग्लोबल आईएमई बैंकको खुद ब्याज आम्दानी पनि ६ अर्ब ५४ करोड ३० लाखरुपैयाँ रहेको छ । बैंकले गत आवको सोही अवधिमा ४ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बढी ब्याज आम्दानी कमाउने बैंकको तेस्रो नम्बरमा एनआईसी एशिया बैंक परेको छ । बैंकले सो अवधिमा ६ अर्ब २९ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको पुसमसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ थियो ।
ब्याज आम्दानी बढी गर्ने पाँचौं नम्बरमा परेको राष्ट्रिय वाणिज्य बैंकले चालु आवको पहिलो ६ महिनामा ६ अर्ब ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवमा बैंकको यस्तो आम्दानी ४ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ थियो ।

यी बैंक बाहेक अन्य बैंकको खुद ब्याज आम्दानी भने ४ अर्बभन्दा कम रहेको छ । ४ अर्बभन्दा बढी कमाउने बैंकमा एनएमबि बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंक रहेका छन् । योसँगै ३ अर्बभन्दा बढी आम्दानी गर्ने बैंक ७ वटा रहेका छन् भने बाँकी बैंकको खुद ब्याज आम्दानी सवा २ अर्बसम्म रहेको छ ।

चालु आवको पहिलो ६ महिनामा एनएमबि बैंकले ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने कुमारी बैंकको ब्याज आम्दानी ४ अर्ब २४ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ अर्ब १८ करोड, सिद्धार्थ बैंकले ४ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यसरी नै सरकारी स्वामित्वको नेपाल बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने घाटामा देखिएको कृषि विकास बैंकको ब्याज आम्दानी ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । विदेशी लगानी रहेको एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । प्रतिशतका हिसावले चालु आवको यो अवधिमा सबैभन्दा बढी नाफा कमाउने बैंक एभरेष्ट बैंक हो ।

हिमालयन बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ६४ करोड, प्राइम कमर्शियद बैंकको ३ अर्ब ५३ करोड, प्रभु बैंकको ३ अर्ब ३९ करोड र सानिमा बैंकले ३ अर्ब २१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

तीन अर्बभन्दा कम कमाउने बैंकहरूमध्ये सनराइज बैंकले २ अर्ब ९१ करोड ५७ लाख, स्टयाण्र्डड चार्टडले २ अर्ब ८४ करोड ६० लाख, सिटिजन्स बैंकले २ अर्ब ८४ करोड ५७ लाख रुपैया ब्याज आम्दानी गरेको छ । माछापुच्छ«े बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने लक्ष्मी बैंकले २ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स