तीन मोडलका जीप कम्पास नेपाल आउँदै, शुरुवाती मूल्य ८४ लाख ९० हजार

काठमाडौं । नेपालका लागि जीपको आधिकारीक वितरक एमएडब्ल्यू लाइफले तीन भेरियन्टको जीप भित्र्याउने तयारी गरेको छ । कम्पनीका अनुसार न्यू कम्पास बीएस-६ २.० लिटर मल्टीजेट आईआई टर्बो डिजल, न्यू कम्पास बीएस-६ १.४ लिटर मल्टीएयर टर्बो पेट्रोल र जीप सीबीयू भेहिकल रहेको छ ।

नेपाल आउने तयारीमा रहेको जीप कम्पासको शुरुवाती मूल्य ८४ लाख ९० हजार रुपैयाँ छ भने अधिकतम मूल्य २ करोड ७९ लाख रुपैयाँ छ । स्पोर्ट एमटीको मूल्य ८४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । रैंगलर अनलिमिटेड रुबीकोनको मूल्य २ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।

न्यू कम्पास बीएस-६ २.० लिटर मल्टीजेट आईआई टर्बो डिजल

न्यू कम्पास बीएस-६ २.० लिटर मल्टीजेट आईआई टर्बो डिजल ६ भेरियन्टमा उपलब्ध छ । लोंगिट्यूड (ओ) एमटीको मूल्य ९९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । लिमिटेड (ओ) एमटीको १ करोड ९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । लिमिटेड (ओ) एटी ४वाई४ को मूल्य १ करोड २७ लाख ९० हजार रुपैयाँ तोकिएको छ । मोडल एस एमटीको मूल्य १ करोड १८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । मोडल एसक एटी ४ वाई४ को मूल्य १ करोड ३६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । कम्पास ट्रेलहक एटी ४ वाई ४ को मूल्य १ करोड २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

न्यू कम्पास बीएस-६ १.४ लिटर मल्टीएयर टर्बो पेट्रोल

न्यू कम्पास बीएस-६ १.४ लिटर मल्टीएयर टर्बो पेट्रोल तीन भेरियन्टमा उपलब्ध छ । स्पोर्ट एमटीको मूल्य ८४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । लोंगिट्यूड (ओ) डीडीसीटी एटीको मूल्य ९९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । लिमिटेड (ओ) डीडीसीटी एटीको मूल्य १ करोड ११ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

जीप सीबीयू भेहिकल

जीप सीबीयू भेहिकल ६ भेरियन्टमा उपलब्ध छ । ग्राण्ड चेरोकी लिमिटेड (एस) को मूल्य २ करोड ५९ लाख ९० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड चेरोकी लिमिटेडको मूल्य २ करोड ८३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । जीप ग्लेडिएटर सहाराको मूल्य १ करोड ७० लाख रुपैयाँ तोकिएको छ । रैंगलर अनलिमिटेड सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ तोकिएको छ । रैंगलर रुबीकोनको मूल्य २ करोड ६८ लाख रुपैयाँ तोकिएको छ । रैंगलर अनलिमिटेड रुबीकोनको मूल्य २ करोड ७९ लाख रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स