काठमाडौं । मन्त्रीपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धनको बैठक अहिले शुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयले बिहीबार बिहान ८ः३० बजे सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू छलफल गर्ने कार्यक्रम तय भएको जानकारी दिएको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका छन् । कुन पार्टीले कति र कुन–कुन मन्त्रालय तथा को मन्त्री बनाउने भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतको दाबी छ ।
गठबन्धनका नेताहरू बुधबार पनि छलफल गरेका थिए। । मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो ।