कर्मचारीको बोनस तथा तलबका लागि बैंकहरूले खर्चिए सवा २८ अर्ब, कुन बैंकले कति गरे खर्च ?

काठमाडौं । कर्मचारीलाई सेवा सुविधा दिन वाणिज्य बैंकहरूमा विदेशी बैक नम्वर वान बनेको छ । विदेशी लगानीमा सञ्चालित स्ट्यान्डर्ड चार्टड बैंकले कर्मचारीको बोनस तथा तलवको लागि सबैभन्दा खर्च गरेको छ । स्ट्यान्डर्ड चार्टड बैंकले कर्मचारीको तलब तथा बोनस दिनेमा पहिलो नम्बरमा देखिएको छ । कर्मचारीलाई सो प्रकारको सेवा सुविधा दिने बैंकको दोस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ भने तेस्रोमा नबिल बैंक रहेको छ ।

बैंकहरूको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण अनुसार कृषि विकास बैंकका कर्मचारीले बोनस नेगेटिभ देखिएको छ भने सरकारी स्वामित्वको देशकै इतिहास बोकेको नेपाल बैंकले कर्मचारीहरूका लागि सबैभन्दा कम बोनस छुट्याएको छ । कर्मचारीलाई कम बोनस दिने बैंकको दोस्रो नम्बरमा लक्ष्मी बैंक रहेको छ भने तेस्रो स्थानमा प्रभु बैंक परेको छ ।

विदेशी लगानीमा सञ्चालित एभरेष्ट बैंक ७ औं स्थानमा र नेपाल एसबिआई बैंक ११ औं स्थानमा परेको छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्छन् । चालु आर्थिक वर्षको यो अवधिमा एभरेष्ट बैंकको नाफामा ८९.२९ प्रतिशतले बढेर १ अर्ब ५८ करोड पुगेर प्रतिशतका आधारमा सबैभन्दा बढी नाफा कमाउने बैंक बनेपनि कर्मचारीको सेवा सुविधाको लागि ७ औं स्थानमा परेको वाणिज्य बैंकको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

अधिकांश बैंकहरुले कुल नाफाबाट कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसलाई किस्ता किस्तामा वितरण गर्छन् । केही बैंकहरुले आर्थिक वर्ष समाप्तपछि प्राप्त आम्दानीको आधारमा साउनको दोस्रो साताभित्र र केही बैंकहरूले दशैंमा र वार्षिक साधारणसभामा बोनस वितरण गर्ने गर्छन । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरूले आफ्ना कर्मचारीको तलव तथा बोनसका लागि २८ अर्ब २४ करोड ३१ लाख खर्च गरेका छन् ।

बैंकहरूले पहिलो ६ महिनामा कर्मचारीको बोनसका छुट्याएको रकम ५९.९ प्रतिशतदेखि १०.४ प्रतिशतसम्म रहेको छ । बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् । बैंकका कर्मचारीहरूले बोनस समेत जोडर १८ महिनासम्मको तलब पाउने भएकाले बैंकको जागिरलाई अहिले सबैभन्दा आकर्षण जागीर मान्ने गरिन्छ ।

चालु आवको यो अवधिमा कर्मचारीलाई सबैभन्दा बढी बोनस दिनेमा स्ट्यान्डर्ड चार्टड बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले कर्मचारीको तलबको लागि ४६ करोड ४९ लाख र बोनसको लागि २७ करोड ८३ लाख रुपैयाँ छुट्याएको छ । बैंकको कुल कर्मचारी खर्चको ५१.ड प्रतिशत बोनस हो ।

कर्मचारीलाई बढी बोनस छुट्याउने बैंकको दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक परेको छ । बैंकले कर्मचारीहरूको बोनसका लागि ३३ करोड ११ लाख र तलब खर्चंको लागि ६४ करोड ८८ लाख रुपैया छुट्याएको छ । यो कुल कर्मचारी खर्चको ५१.१० प्रतिशत हो ।

कर्मचारीलाई धेरै बोनस बाढ्नेमा बैंक तेस्रो स्थानमा नबिल बैंक रहेको छ । बैंकले कर्मचारीको बोनसनको लागि ५४ करोड २५ लाख रुपैयाँ छ्ट्याएको छ । बैंकले यो अवधिमा कर्मचारीको खर्चको लागि १ अर्ब ३१ करोड ६७ लाख रुपैयाँ छुट्याएको छ ।

प्राइम कमर्शियल बैंकले चालु आवको समीक्षा अवधिमा २६ करोड २४ लाख बोनस र कर्मचारी खर्चको लागि ६६ करोड ६२ लाख रुपैयाँ छुट्याएको छ ।

एनआईसी एशिया बैंकले चालु आवको यो अवधिमा ५१ अर्ब ९५ करोड रुपैयाँ र कर्मचारीको लागि १ अर्ब ७० करोड ८४ लाख रुपैयाँ खर्च गरेको छ । सानिमा बैंकले समीक्षा अवधिमा २० करोड २४ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ भने ६९ करोड ११ लाख रुपैयाँ कर्मचारीको लागि ४३ करोड ४ लाख रुपैयाँ बोनसमा छुट्याएको छ भने १ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ ।

एनएमबि बैंकले कर्मचारीको बोनसको लागि ३० करोड छुट्याएको छ भने कर्मचारीका लागि १ अर्ब ८ करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ । नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसको लागि १८ करोड ६८ लाख र खर्चको लागि ७० करोड ६९ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसरी नै लक्ष्मी बैंकले कुल खर्चको २३.६ प्रतिशत कर्मचारीको बोनस तथा खर्चको लागि छुट्याएको छ भने हिमालयन बैंकले २१.८प्रतिशत, सिटिजन्स बैंकले १६.८ प्रतिशत, माछापुच्छ«े बैंकले १५.३ प्रतिशत, सिद्धार्थ बैंकले १४.९ प्रतिशत छुट्याएको छ । सिभिल बैंकले १४.८, कुमारीले १४.६, प्रभुले १३.१, सनराइजले १२, नेपाल बेंकले १०.४ छुट्याएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स