दुई कम्पनीको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो ।

यी २ कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो ।

आज सेयर बजार बन्द हुनुभन्दा अघि कायम शिखर इन्स्योरेन्सको ९३८ रुपैयाँका आधारमा नेप्सेले १६ प्रतिशत बोनस सेयर वितरणपछि सेयरमूल्य ८०८.६२ रुपैयाँ कायम गरेको छ ।

त्यसैगरि, नेरुडे लघुवित्तको पनि १०१० रुपैयाँका आधारमा नेप्सेले २२ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमुल्य ८२७.८७ रुपैयाँ कायम गरेको छ ।

नेप्सले समायोजन गरेको मूल्यका आधारमा भोलिबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स