राष्ट्रिय फुटबल टिमका कप्तान चेम्जोङ र क्रिकेट टिमका कप्तान मल्ललाई जनसेवा श्रीबाट विभूषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गरेको छ ।

संविधान दिवसको अवसरमा सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई विभूषित गरेको हो ।

त्यस्तै, जनसेवा श्रीबाट विभूषित हुनेमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाल रहेका छन् ।

यस्तै, सुकीर्ति पदकबाट ब्याडमिन्टन खेलाडी दीपक थापा, कराँतेकी खेलाडी अनु अधिकारी, तेक्वान्दो प्रशिक्षक नर्बु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभूषित गरिएको छ ।

यस्तै, पाराएथ्लेटिक्सबाट खेलाडीद्वय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभूषित भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स