ऋण तिर्दिन भन्नु बैंकिङ अपराध नै होः निलम ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले ऋण लिएर तिर्दिन भन्नु बैंकिङ अपराध भएको बताएकी छिन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा डेपुटी गभर्नर ढुंगानाले ऋण लिएर नतिर्ने ऋणीलाई राष्ट्र बैंकले बैंकिङ अपराध मान्छ,’ उनले भनिन् ‘यसमा हामी तपाईहरू सबैको साथमा छौं ।’

लघुवित्तबाट ऋण लिएर सामाजिक कार्य समेत भएका समाचार आएका छन् । आफूले प्रवाह गरेको ऋण कुन क्षेत्रमा लगानी भएको छ अर्थात हुन्छ त्यसबारे निक्यौल भएरमात्रै ऋण प्रवाह गर्न पनि उनले सुझाइन् । सामाजिक कार्य गर्न ऋण दिने होइन, उद्यमशीलता गर्न दिने हो ।

उनले लघुवित्तले उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् । ‘लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ,’ उनले भनिन् ।

ऋण तिर्दिन भनेर गरेको आन्दोलन जाहेज नभएको प्रष्टाउँदै उनले भनिन् ‘यस्ता गतिविधिलाई निस्तेज पार्नु पर्छ, ऋण तिर्न सक्नेलाई मात्रै ऋण दिनुुस्, नतिर्नेलाई होइन ।’ अहिले लघुवित्तको निस्कृय कर्जा ३.२८ प्रतिशत पुगको बताउँदे उनले भनिन् ‘कर्जाको ब्याजदर बढेका कारण समस्या आएको हो ।

यस्तै, उनले लघुवित्त सेयरधनीको हितको लागि मात्रै नभएर सेवामुखि हुनुपर्ने बताइन् । ‘लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाढिहेका छन भनेर प्रश्न उठेको छ,’ उनले भनिन् ‘अहिलेसमम्म राष्ट्र बैंकमा ३३ वटाको मात्रै वित्तीय विवरण पुगेको र ६ वटा संस्थालेमात्रै लाभांश पारित गरेको पनि कार्यक्रमा जानकारी दिइएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स