नीतिनियम को अभावले साना तथा मझौला व्यवसाय संकटमा

काभ्रे । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको कुरा बताएका छन्। नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिती गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका हुन्।

सो अवसरमा प्रमुख अतिथि काभ्रेका माननीय प्रदेश सांसद् कन्चन चन्द्र बादे श्रेष्ठले निति नियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रो सँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यो क्षेत्रले दुख पाएको धारणा ब्यक्त गरे।

अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्त्व हुदा हुदै पनि, विभिन्न समस्याले गर्दा ओजेलमा परेको कुरा स्वीकार गरे । त्यसैले, उनले, यसरी सानो सानो पुजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता ब्यवसायीहरुलाई, नेपाल सरकारले राम्रो सँग सहजीकरण गरेर अगाडी बढ्नु पर्ने आजका टड्कारो आवश्कता भएको सुझाव दिए।

माननीय सांसद बादेले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसाय को ठूलो सम्भावना रहेको साथै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने हुँदा साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला शाखा राम्रो सँग अगाडी बढोस् भन्ने शुभकामन दिनु हुदै यस क्षेत्रको उन्नतिकोलागी समान्धित निकायमा संयोजन गर्न तत्पर रहेको विश्वास दिलाए।

उनले केन्द्रिय र जिल्ला नितृत्योले प्रभावकारी रूपमा काम गरी रोजगारी वृद्धि, व्यवसाय प्रवर्द्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आबस्यक पर्ने सहयोग उपलब्द गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय महासचिव डा. गोपाल प्रसाद तिवारी ले एसएमई बारे कार्यपत्र प्रस्तूत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भएता पनि नेपालको एसएमई क्षेत्रले अरू देशमा जस्तो अगाडी बढ्न नसकेको कुरा प्रष्ट पारे।

लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न सकेका छैनन्, उनले बताए। यसमा धेरै समस्य भएको कुरा स्पष्ट पार्दै डा. तिवारीले, उद्योगीले गुणस्तर उत्पादन गर्न नसकेको, बजार पनि राम्रो नपाएको, वित्तीय स्रोत परिचालन पनि गर्न नसकेको, सरकारले सहयोग पनि गर्न नसकेको ले यो क्षेत्रले जतिसुकै अर्थतन्त्र मा योगदान छ भने पनि समस्याले ग्रषित भएको कुरा बताए।

उनले, अहिले सम्म एसएमई नीति नभएको, संस्था दर्ता गर्दा पनि विभिन्न झन्झट खेप्नु पर्ने,सरकारी कार्यालय बाट सहयोग नपाउने, बाजार को तेतिकै समस्या, किसानलाई चाहेएको मलरखाद, गुणस्तरीय बिउरबिजन, साथै अन्य बस्तुहरुको अभावले यो क्षेत्र धेरै नाजुक स्तिथिमा रहेको बताए।

त्यतिमात्र होइन, नब्बे प्रतिशत भन्दा बढि यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा योगदान भनेपनि, धेरै उद्योग दर्ता हुन नसक्नु, व्यवसाय गरेपनि आफ्नो उत्पादनले राम्रो मूल्य नपाउनु, सरकारी कार्यालयहरूबाट ब्यवसायी हरूलाई सहयोग नमिल्नु साथै अन्य धेरै समस्याले गर्दा यो क्षेत्रले अगाडि बढ्न गारो भएको छ।

उद्योग विभाग को तथ्यांकले के देखाउँछ भने, ठुला उद्योगले भन्दा साना, लघु तथा मझौला उद्योगले दिने रोजगारी अत्यधिक रहेको प्रस्ट छ। त्यसैले ठुला उद्योगलाई पनि साना साना उद्योग चाहिने हुनाले सरकारले प्रोस्थान गर्नु पर्ने हुन्छ जसले गर्दा अर्थतन्त्र लाई दिगो रुपमा बिकाश गर्न सजिलो पर्ने कुरा डा. तिवारीले सुझाव दिएका थिए।

त्यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्दै साना तथा मझौला व्यवसायी महासंघका सह(अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए । उनले बैंक तथा वित्तीय संस्था बाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनु पर्ने कुरामा जोड दिदै साना तथा मझौला ब्यबसायीहरुले भोगेका समस्या हरुलाई समाधान गर्न सरकारसंग माग गरे । साथै उद्धमी महिलाहरुले आफनो व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्था बाट सहजै ऋण नपाएकोले यसतर्फ माननियहरुले पहल गरीदिनु पर्ने बताए।

साना तथा मझौला व्यवसायी सँघ काभ्रे जिल्लामा अनिता वस्नेत को अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको छ। सो सुखत अबसरमा नेपाल साना तथा मझौला व्यवसायी महासंघका अध्यक्षले नयाँ समिती लाई शुभकामना संदेश पठाउदै बधाई दिए र आगामी दिनमा देशभरि नै एसएमई को संघहरु गठन हुन लागेको जानकारी पनि दिएका छन्। उक्त कार्यक्रममा विभिन्न व्यवसायमा लाग्नु भएका कूल ३५ जनाको सहभागिता रहेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स