शंकर ग्रुपका अध्यक्ष प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित

काठमाडौं । उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित भएका छन्।

सरकारले पाँचौं संविधान दिवसका अवसरमा अग्रवाललाई श्री(चतुर्थ) बाट विभूषित गरेको हो । मानपदवी, अलंकार र पदकले अन्य एक दर्जन उद्योगी तथा व्यवसायी पनि विभूषित भएका छन् ।

अग्रवाल नेपालको प्रष्तिठित व्यापारिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।

ग्रुपले नेपालमा रोजगारी सिर्जना गर्नुका साथै अर्थतन्त्रमा ठूलो योगदान दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ११ हजार कारोड बराबरको कारोबार गरेको थियो ।

सिमेन्ट, छड, स्टिल, पाइप, प्लाष्टिक, हाइड्रोपावर,  पुनबीमा, जीवन बीमा, सवारीसाधन, कृषि उपकरणलगायत दजनौं क्षेत्रमा शंकर ग्रुपको लगानी छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स