डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा असोज २३ गते, २१.०५३ प्रतिशत लाभांश पारित गर्ने, कहिलेसम्म सेयर किन्नेले लाभांश पाउँछन्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २० औं वार्षिक साधारण सभा असोज २३ गते बस्ने भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २०५ बोनस सेयर र कर प्रयोजन सहित १।०५३५५ नगद गरी कुल २१।०५३५ लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

सभा चितवन गार्डेन रिसोर्ट, चितवनमा बिहान ११ बजेबाट शुरु हुनेछ ।

डिप्रोक्सले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।

असोज ११ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा प्रयोजनका लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स