सर्वोच्चको फैसलापछि रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रयोग गर्दै आएको नागरिकता प्रमाणपत्र अवैध रहेको ठहर गरेसँगै उनले प्रम समक्ष राजीनामा बुझाएका हुन् । उपप्रधानमन्त्री र गृह मन्त्री समेत रहेका छामिछाने नेपाली नागरिक नै नरहेपछि उनको सांसद पद रहेन नै यो सँगै उनको मन्त्री पद पनि गएको छ ।

राजीनामा दिएसँगै लामिछानेले सर्वोच्च अदालतको फैसलाको आफूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘सर्वोच्चको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु’, उनले भने, ‘सर्वोच्च भन्दा माथिल्लो निकाय पनि कुनै छ र ?’
उनले अदालतको फैसलासँगै आफू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहेको बताएका छन् । उनले आफूलाई अनागरिक बनाइएको पनि बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स