रवि समर्थकले घेरे सर्वोच्च अदालत, केहि प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताका कारण सांसद र मन्त्री पद गएसँगै उनी समर्थक कार्यकर्ताले सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकताका विषयमा कैफियत देखाएपछि शुक्रबार साँझ मर्थकले रविको पक्षमा नाराबाजी गरेका हुन् । सो क्रममा केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले लामिछानेले प्राप्त गरेको अमेरिकी नागरिकता त्याग गरेको कुराको विधिवत् जानकारी सम्बन्धित सरकारी निकायलाई (प्रमुख जिल्ला अधिकारी) जानकारी नदिएको अदालतले ठहर गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।
सो अनुसारको प्रक्रिया अपनाएको र प्रत्यर्थीले जिकिर लिएको नपाइएको सर्वोच्च अदालतको फैसलामा उल्लेख छ । ‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७ (१) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मेदवार बन्न योग्यता पुगेको भनी मान्न मिलेन’, अदालतको फैसलामा भनिएको छ ।

लामिछानेले विधिवत् रुपमा नेपाली नागरिकता पुनः कायम गर्ने प्रक्रिया पुरा गरेको नदेखिएकाले सांसद पदमा रहिरहन नमिल्ने अदालतको ठहर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स