प्रभु बैंकको सीईओमा पुनः अशोक शेरचन

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन । बिहीबार साझ बसेको बैंक सञ्चालक समिति बैठकले शेरचनलाई आगामी कार्यकालका लागि पुनः सीईओ बनाउने निर्णय गरेको हो । वर्षका लागि सीइओको जिम्मेवारी दिएको हो । उनी २०७५ माघ १८ गते बैंकको सीईओ नियुक्त भएका थिए ।

यदि प्रभु बैंकले सेन्चुरी बैंकलाई एक्विजिनश नगरेको भए उनी सीईओ बन्न पाउने थिएनन् । सेन्चुरी बैंकलाई प्राप्ति गरेपछि शेरचनले तेश्रो कार्यकाल पक्का भएको हो । सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभुको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ पुगेको छ । यस्तै रिजर्भ बढेर ९ अर्ब रुपैयाँ पुगेको छ । बैंकको निक्षेप परिचालन बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स