सुपर मादी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ? कति जनाले पाउँदै छन् १० कित्ताका दरले सेयर

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ ८.९३ गुणाबढी आवेदन परेको छ । कम्पनीले निष्कासन गरेको आईपीओको अन्तिम दिनसम्म ८.९३ गुणा आवेदन परेको हो ।

सीडीएससीका अनुसार आज अपराह्नसम्म उक्त आईपीओमा १३ लाख ५७ हजार ७४५ आवेदकबाट १ करोड ५५ लाख ६२ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन्।

जुन मागभन्दा ८.९३ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परिसकेका कारण उक्त आईपीओको बाँडफाँट गोलाप्रथाबाट गरिनेछ। जसमा भाग्मानी १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।

कम्पनीले माघ ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँको आईपीओ जारी गरेको हो।

जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २१ लाख कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्रा बिक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ताले अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिएका छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स