काठमाडौं । बिहीबार, नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ अंक विन्दुमा आइपुगेको छ ।
आज ७७ लाख ६४ हजारको कित्ता सेयर २ अर्ब ८६ करोडमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, लुुम्बिनी जनरल इन्स्योरेन्समा १०%, आदर्श लघुवित्तमा १०%, बाराही हाइड्रोपावरमा १०% र सूर्या ज्योति लाइफ इन्स्योरेन्समा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।