यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयरबजारमा करेक्सन आएको छ ।

बिहीबार, नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ अंक विन्दुमा आइपुगेको छ ।

आज ७७ लाख ६४ हजारको कित्ता सेयर २ अर्ब ८६ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, समृद्वि फाइनान्सको नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ७० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको ८ करोड ६१ लाख, आँखुखोला जलविद्युतको ७ करोड ३८ लाख, नेपाल लाइफ इप्स्योरेन्सको ६ करोड ६७ लाख र अपि पावरको ६ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स