चार बैंकले तिरे अर्बमाथि कर, कर तिर्नेमा नबिल नम्बर वान, एनआईसी एशिया दोस्रोमा

काठमाडौं  । बैंकहरूको आम्दानी घट्दा सरकारलाई तिर्ने कर पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरूले १२ अर्ब ५८ करोड राजस्व तिरेका छन् । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको यो अवधमा १४ अर्ब ११ करोड रुपैयाँ कर तिरेका थिए । बैंकहरूले तिरको कर गत आवको सोहि अवधिको तुलनामा ३.०९ प्रतिशत अर्थात २ अर्ब २९ करोड ६ लाखले कम हो । चालु आवको यो अवधिमा चार बैंकले अर्बभन्दा बढी कर तिरेका छन् ।

बैकिङ क्षेत्रले पारदर्शी बिजनेश गरेर सरकारलाई कर तिरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् । ‘बैकिङ क्षेत्रको योगदानलाई सरकारले कदर गरिदिए हुन्थ्यो भन्ने हो,’ उनले भने ‘हामीले चाहेको त्यतिमात्रै हो ।’

अघिल्ला महिनाको तुलनामा पुस महिना निक्षेप संकलनमा केही सुधार भएकै हो तर, कर्जा भने माग अनुसार प्रवाह हुन नसकेको बैंकिङ क्षेत्र पूर्र्ण जिम्मेवार र जवाफदेहि भएर नै काम गरिरहेको हुन्छ । यस विषयमा बैंकरहरुलाई ‘एप्रिसेट’ भइदिए हामीले यो क्षेत्रलाई दक्षिण एसियाकै टप भनेर चिनाउन सक्छौं । बैंक राम्रो हुँदै जानु भनेको हरेक क्षेत्रको व्यापार व्यवसाय राम्रो हुँदै जानु नै हो ।

गत आवमा सबैभन्दा बढी कर नबिल बैंकले तिरेको छ । नबिल बैंकलाई एनआईसी एशिया बैंकले पच्छाएको छ । नबिल बैंक बढी कर तिर्ने पहिलो बैंक बनेको छ भने एनआईसी एशिया बैंक दोस्रो बैंक बनेको छ । राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी आयकर तिरेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी आयकर नबिल बैंकले तिरेको छ । बैंकले गत आवमा १ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ कर तिरेको छ । गत आवको सोहि अवधिमा बैंकले १ अर्ब १९ करोड रुपैयाँ कर तिरेको थियो । बैंकको पहिलो त्रैमाससम्म जम्मा ६७ करोड ३४ लाख रुपैयाँ कर तिरेको छ । गत आवमा नबिल बैंक एक्लैले २ खर्ब १३ करोड १४ लाख रुपैयाँ आय कर तिरेको थियो ।

एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एनआईसी एशियाले १ अर्ब ४० करोड २८ लाख रुपैयाँ आयकर तिरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ सरकारलाई कर तिरको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७५ करोड २९ लाख रुपैयाँ आयकर तिरेको थियो । गत आवमा बैंकले १ अर्ब ९१ करोड ५४ लाख रुपैयाँ आयकर तिरको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले पनि चालु आवमा १ अर्ब १६ करोड २५ लाख रुपैयाँ कर तिरेको छ । गएको आवको सोहि अवधिको तुलनामा बैकले तिरेको कर ४१.३१ प्रतिशत अर्थात ३३ करोड ९८ लाख रुपैयाँले बढी हो । बैंकले गत आवको यो अवधिमा जम्मा ८२ करोड २६ लाख रुपैयाँ कर तिरको थियो भने गत आवभरिमा २ अर्ब २३ करोड ४६ लाख रुपैयाँ कर तिरेको थियो ।

चालु आर्थिक वर्षको यो अवधिमा ग्लोबल आईएमई बैंकले १ अर्ब ५ करोड रुपैयाँ कर तिरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ कर तिरेको थियो । बैंकले समीक्षा अवधिमा तिरेको कर गत आवको सोही अवधिको तुलनामा २२.२३ प्रतिशतले कम हो । गत आवको सो अवधिमा २८ करोड ९१ लाख रुपैयाँले कम हो । बैकले गत आवभरि २ अर्ब ९८ करोड कर तिरेको थियो ।

चालु आव पहिलो ६ महिनामा कुमारी बैंकल ५५ करोड कर तिरको छ भने हिमालयन बैंकले ४० करोड, लक्ष्मी बैंकले ४१ करोड रुपैयाँ कर तिरेको छ । माछापुच्छ«े बैंकले ४३ करोड ९३ लाख, नेपाल बैंकले ३५ करोड रुपैयाँ कर तिरको छ । नेपाल एसबिआई बैंकले ५० करोड, एनएमबि बैंकले ७९ करोड ९९ लाख रुपैयाँ कर तिरेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा ४० करोड ९७ लाख रुपैयाँ कर तिरेको छ भने सनराइज बैंक २८ करोड रुपैयाँ कर तिरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स