काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु इन्स्योरेनस लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले आज माघ ११ गतेदेखि कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरिदिएको हो ।
योसँगै अब भोलिबाट कम्पनीको सेयर कारोबारमा आउने छ ।