नेप्से १० अंकले बढ्दा यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । सेयरबजारमा हरियाली छाउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख ३२ हजारको कित्ता सेयर ३ अर्ब ४६ करोड ६५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड १४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको ९ करोड २१ लाख, ग्रीन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख, उपर तामाकोसीको ६ करोड ९७ लाख र शिवम् सिमेन्ट्सको ६ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स