डिजी पे र द नेपाल टप बीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता

काठमाडौं । डिजी पे प्रा.लि. र द नेपाल टप बीच नौलो र विशेष सहकार्य गर्ने सम्झौता भएको छ । डिजी पेमा आबद्द व्यवसायीले सुपथ मूल्यमा राष्ट्रिय दैनिकमा विज्ञापन र वार्षिक ग्राहक हुनपाउने डिजी पे प्रा.लि ले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत बबरमहलस्थित नेपालको एक उत्कृष्ट नेपाली राष्ट्रिय दैनिक संस्था द नेपाल टपसँग सहकार्य गर्ने सम्झौता गरेको हो ।

यस सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आवद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले द नेपाल टप को सौजन्य झन्डै ५०,००० रूपैयाँ पर्ने ६० सी सी रंगिन विज्ञापन मात्र १५,००० रूपैयाँमा, १,५०० रूपैयाँ पर्ने वार्षिक ग्राहक मात्र १,००० रूपैयाँमा र वर्गीकृत तथा अन्य बिज्ञापनमा ७०% सम्म छुट पाउन सक्नेछन् ।

द नेपाल टपका बजार व्यवस्थापक रितेश पोखरेलका अनुसार, विज्ञापन कुनै पनि व्यवसायीको लागि आफ्नो बजार विस्तार गर्ने एक महत्वपूर्ण अंग हो । अझै राष्ट्रिय दैनिक पत्रिकामा आफ्नो विज्ञापन गर्नु धेरै राम्रो तर महँगो मानिन्छ । यस सहकार्य अनुसार डिजी पेसँग आवद्ध सम्पूर्ण व्यवसायीको लागि मात्र योजना लागु गरिएको बताए ।

व्यवसायीले सस्तो तथा सुलभ मूल्यमा आफ्नो विज्ञापन गरी व्यावसायिक तथा सामाजिक लाभ हुने र साथै डिजी पे घरदैलो अभियान मार्फत आफ्नो विज्ञापन झन् धेरै जनमानस सम्म पुग्न सक्नेछ । यस्तो नौलो र बिसेष सहकार्यमा आबद्द हुन पाउनुमा खुशी व्यक्त गरेका छन् ।

उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार विस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए । त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले द नेपाल टप जस्तो एक प्रतिष्ठित नेपाली राष्ट्रिय दैनिक संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी, घरदैलोर ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए ।

उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ र त्यस अन्तर्गत संचार क्षेत्र बाट राष्ट्रिय दैनिकलाई पनि आवद्ध गर्नु ठुलो उपलब्धि हो । यसै गरि अरु पनि विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफुसँग सम्बन्धित व्यवसायी तथा ग्राहकलाई थप अफर तथा सुबिधा दिने योजना रहेको बताए ।

सम्झौतापत्रमा द नेपाल टप का बजार व्यवस्थापक रितेश पोखेरेल र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा द नेपाल टप, नेपाली राष्ट्रिय दैनिक र डिजी पे का विभिन्न व्यक्तित्वहरुको पनि उपस्थित थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स