लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनस

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो।

कम्पनीले यस अघि ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीको माघ १० गतेसम्पन्न संचालक समितिको बैठकले ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्राधिकरणले लाभांशमा संशोधन गर्न निर्देशन दिँदै वित्तीय विवरण स्वीकृत गरेको थियो।

अब उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स