काठमाडौं । मंगलबार, नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ अंक विन्दुमा आइपुगेको छ ।
आज ८३ हजारको कित्ता सेयर ३ अर्ब ३२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सानिमा जिआइसी इन्स्योरेन्समा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, सुर्योदोया वमी लघुवित्तमा ९.७७%, शिव श्री हाइड्रोपावरमा ९.०२%, गुहेश्ररी मर्चेन्टमा ६.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।