आन्तरिक ऋण उठाउने ट्रेजरी विल्सको ब्याजदर घट्यो

काठमाडौं । वित्तीय बजारमा तरलता सहज भएसँगै सरकारले आन्तरिक ऋण ट्रेजरी विल्सको दर पनि एकल अंकमा झरेको छ । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने ९१ दिन अवधिको ट्रेजरी विल्सको दर पनि एकल अंकमा झरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर ९.८१ प्रतिशतमा झरेको छ । यसअघि गत माघ ३ गते जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको दर १०.५८ प्रतिशत थियो । तरलता सहज हुँदौ जाँदा ट्रेजरी विल्सको दर पनि लगातार घट्दै गएको देखिन्छ ।

पछिल्लो केहि समयदेखि नै ट्रेजरीको दर निरन्तर रुपमा घट्दै गएको छ । करिब साढे ११ प्रतिशतसम्म पुगेको २८ दिन अवधिको ट्रेजरी विल्सको दर अहिले घटेर ७.९३ प्रतिशतमा झरेको छ । यसले अल्पकालीन ब्याजदरहरु विस्तारै घट्न थालेको देखाउँछ ।

अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । अहिले सरकारी ऋणपत्रको धितोमा चाहे जति सापटी नदिने भएकोले पनि व्यवस्था अनुसार सरकारी ऋणपत्रमा लगानी गरिसकेका बैंकहरुले ट्रेजरी विल्स खरिद गर्न छोडेको बैंकरहरू बताउँछन् । यसले गर्दा पछिल्लो समय नविकरण गर्न खोजिएका कतिपय ट्रेजरी विल्स राष्ट्र बैंक आफैले खरिद गरेको छ भने कतिपय सरकारले भुक्तान गरेको छ ।

बैंकहरूमा तरलता बढेको कारणले पनि बैंकहरु अन्तर बैंक कारोबारमा बढी आवद्ध हुने र ट्रेजरी विल्सको धेरै कारोबार नभएर पछि यसको दर झरेको केन्द्रीय बैंकले जनाएको छ । तरलता टाइट हुँदै गयो भने ट्रेजरी विल्सको दर पनि बढ्दै जान्छ । तरलता केहि सहज भएपछि भने यस्तो दर घट्दै जान्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स