काठमाडौं । सोमबार, नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाखको कित्ता सेयर ३ अर्ब ८६ करोड ४० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आदर्श लघुवित्तमा १०%, सानिमा जिआइसी इन्स्योरेन्समा ९.९९%, कुमारी बैंकमा ९.९९%, स्ट्यान्डर्ड चार्टेट बैंकमा ९.९८% र समृद्धि फाइनान्समा ९.९७ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।