नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा, सेयर कारोबार रोक्का

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । सोमबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

कम्पनीले २०७८ असार ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम सेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।

कम्पनीले लाभांशको विवरण नेप्सेमा पठाएलगत्तै नेप्सेले कम्पनीको कारोबार रोकेको छ । नेप्सेले कारोबार समयमा लाभांश घोषणासम्बन्धी निर्णय पठाउनुको कारणबारे चित्तबुझ्दो स्पष्टीकरण ३ दिनभित्र पठाउन पनि संस्थालाई निर्देशन दिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स