एसियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७८/०७९ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७८/०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । प्राधिकरणले यही माघ ५ गते स्वीकृत गरेको बोनस दर कम्पनीले आज सार्वजनिक गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ४२ रुपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस पाउनेछन् ।

१. सावधिक तथा आजीवन बीमालेख
कम्पनीले यस बीमा योजनामा न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि, १५ देखि १९ र २० देखि २४ वर्षसम्मका लागि प्रतिहजार ६१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ भने २५ वर्ष वा सो भन्दा माथि अवधिका लागि कम्पनीले ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

२. सावधिक जीवन बीमोलख
कम्पनीकोे यस योजना ाअन्तर्गत बीमितहरुले १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ र २५ वर्षभन्दामाथिका लागि ६० रुपैयाँ बोनसदर प्राप्त गर्नेछन् ।

३. बालबालिकाको सावधिक जीवन बीमालेख
यस योजनामा कम्पनीले न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

४. नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियान वार्षिक धनलाभ
यस जीवन बीमाअन्तर्गत कम्पनीले न्यूनतम ४२ रुपैयााँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

५. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यस योजनाअन्तर्गत बीमितहरुका लागि न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स