काठमाडौं । सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १३ सय ८० रूपैयाँ कायम भएको छ ।