ह्याकर फेरि सल्बलाय, एकै छिनमा चोरियो चार बैंकबाट पैसा

सानिमा, एनआईसी एशिया, ग्लोबल र सनराइज बैंक खातामा थियो प्रसाईँको खाता

काठमाडौं । ह्याकरले एकै छिनमा तीन बैंकमा रहेको २ लाख ५६ हजार रुपैयाँ ह्याक गरेको छ । खड्ग प्रसाईँ नाम गरेका व्यक्तिको ग्लोबल, सानिमा र सनराइज बैंकमा रहेको उक्त रकम ह्याकरले ह्याक गरेको हो ।

उनले स्क्याम लिंकमा क्लिक गर्दा ठगिन पुगेका हुन् । ह्याकरले फोनमा एक्सेस पाउँदा उनको सबै अनलाइन अकाउन्ट तथा बैंक समेत सुरक्षित नभएको हो ।

घटना ३ माघ, २०७९ को हो । सानिमा बैंकमा रहेको उनको खाताबाट ५० हजार रुपैयाँ ट्रान्सफर गर्न खोजिएको कन्फर्मेसन कोड थियो । त्यस लगत्तै उनलाई मेलमा पनि ओटीपी कोड आयो । उनले सानिमा बैंकमा रहेको रकम बचाउन खोज्दा खोज्दै पनि सकेनन् र एकै छिनमा उनको खाताबाट १ लाख ९१ हजार रुपैयाँ उड्यो ।

त्यसपछि त्यो ह्याकरले प्रसाईँको ग्लोबल आईएमई बैकमा रहेकोे १४ हजार रुपैयाँ उडायो । त्यसको लगत्तै सनराइज बैंकमा रहेको खाताको सात हजार रुपैयाँ चोरी भयो । एनआईसी बैंकमा रहेको खाताबाट पनि सात पटकमा २ लाख ५६ हजार ५०८ रुपैयाँ गायब भयो । खड्गले केहि गर्न सकेनन् र पैसा गुमेको हेरिरहन बाध्य भए ।

चार बैंकको सबै खाताबाट प्रसाईँको कुल ४ लाख ६४ हजार ५०८ रुपैयाँ गायब भएको म्यासेज मोबाइमा बजिरह्यो र उनले केहि गर्न सकेनन् । बैंकमा ओटीपी आएपछि खबर गर्दा बैंकमै आएर निवेदन दिन भने पछि बैंक पुग्दा पुग्दै उनको सबै पैसा ह्याकरले ह्याक गरेर खाता रित्याइदियो ।

यो घटनामा पीडितले अनावश्यक क्लिकमा क्लिक गर्दा उनको जिमेल अकाउन्टको एक्सेस गुमेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स