मन्त्रालय घटाएर ७ बनाउने भयो सहमति

काठमाडौं । गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हो ।

मुख्यमन्त्री खगराज अधिकारीले हाल १२ वटा मन्त्रालयलाई ७ वटामा घटाउने सहमति गराएका हुन् । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालीन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या सुरूमा ८ बनाए, पछि ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँट गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स