सिद्धार्थ बैंकको नाफा १ अर्ब १६ करोड

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आव सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

वितरणयोग्य नाफा २१ करोड १९ लाख, प्रतिशेयर आम्दानी १६ रुपियाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रुपियाँ २९ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको गत वर्ष ७ करोड ११ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज यो वर्ष १ अर्ब १९ करोड रुपियाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ५९ पैसाले घटेर १६ रुपैयाँ ५३ पैसामा झरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २९ पैसा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स