एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचकांकमा पनि छलाङ

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५८ करोड ८० लाख खुद नाफा कमाएको छ । गत आवको सो अवधिमा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ खुल नाफा कमाएको थियो । बैंकले चालु आवको यो अवधिमा गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ८९.२९ प्रतिशतले बढी हो । बैकका अन्य सूचक पनि राम्रो देखिएको छ ।

बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासमसम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड रहेको छ । बैंकको चुक्त पुँजी १० अर्ब ६९ करोड छ । गत आवमा १ अर्ब १९ करोडमा सीमित सञ्चालन मुनाफा बढाएर २ अर्ब २६ करोड पुगेको छ । २ अर्ब १२ करोडमा सीमित खूद ब्याज आम्दानी ३ अर्ब ६७ करोडको पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ८० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा १ खर्ब ७२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।
अघिल्लो वर्षको २२.६० रहेको ईपीएस बढेर २९.६९ रुपियाँ पुगेको छ भने सीडी रेसियो ८६.९९ प्रतिशत, ९.९७ प्रतिशत आधार दर कायम गरेको बैंकको पीई रेसियो १७.०८ गुणा कायम भएको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स