कृषि विकास बैंक ५६ औं वर्षमा प्रवेश, मातृभूमी बचत खाताको शुभारम्भ (फिोटो फिचर)

काठमाडौं । कृषि विकास बैंक ५६ वर्षमा प्रवेश गरेको छ । बैंकले आज विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम मनाइरहेको छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पोडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको छ । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवदीले ५५ वर्षको गर्विलो इतिहास बोकेको सवल र प्रविधिमैत्री बैंक बनेको बताए ।

कार्यक्रममा उनले भने ‘साना किसानलाई सेयरधनी बनाएर अघि बढेको बैंक अहिले गर्व गर्न लाएकको बैंक बनेको छ ।’ बैंकले यो अवसरमा मातृभूमी बचत खाताको शुभारम्भ गरेको छ भने ५६ वार्षिकोत्सव समारोहमा ५६ वटा बेलुन पनि उडाइएको थियो ।

उनले सेयरधनीहरूलाई सधै दिगो र प्रतिस्पर्धी प्रतिफल दिन प्रयासरत रहेको जानकारी गराए ।

सोही अवसरमा अत्याधुनिक वाणिज्य बैंकिङ सेवालाई सहरदेखि ग्रामीण क्षेत्रका सर्वसाधारणको घरदैलोमा आधुनिक प्रविधि मार्फत जाड्ने कार्य गरी सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाईं हाम्रो घर आँगनको बैंकको अनुभूति दिन बैंक सधै क्रियाशील रहेको बताए ।

उनले बैंकले आफ्नो कार्यक्षेत्रलाई फराकिलो, सुदृढ, प्रविधि मैत्री बनाउदै ग्राहकहरुलाई अत्याधुनिक बैंकिंग सुविधाहरु उपलब्ध गराउन सफल भएको दाबी गरे ।

सोही अवसरमा नेपाली बैंकिङ प्रणालीमा विगत केही समयदेखि तरलतामा आएको उतार चढाव तथा प्रोभिजन लगायत विभिन्न कारणहरूले निष्कृय कर्जा केही वृद्धि देखिएता पनि यसलाई आगामी दिनमा आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।

हाल बैंकको कुल अधिकृत पुँजी २५ अर्ब र जारी तथा चुक्ता पुँजी १८ अर्ब ६२ करोड रहेको छ । यसमध्ये साधारण चुक्ता पुँजी१३ अब १८ करोड रहेको छ जसमा नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र करिव ३ लाख सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को लागि कर प्रयोजन समेत गरी ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हेरौं फोटोमा

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स