स्ट्याण्डर्ड चार्टर्डको नाफा पौने २ अर्ब, यस्ता छन् अन्य सूचक

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी स्थिर रहेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ९.६० प्रतिशत बढेको छ भने कर्जा २.३२ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स