दरम खोला हाइड्रोले साढे ३९ करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्ध नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रोका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरेका छन्।

दरम खोला हाइड्रो इनर्जीको बागलुङको गलकोट नगरपालिका वडा नंं. ११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधीन रहेको छ।

यो जलविद्युत आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स