काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले अनधिकृत व्यक्तिलाई नेप्से सिष्टममा प्रवेश गराएको भन्दै छानबिन गर्न माग गरेको छ । नेप्से कर्मचारी युनियनले यस विषयमा सत्य तथ्य पत्ता लगाएर कारवाही गर्न माग राखेको छ ।
प्रमुख कार्यकारी अधिकृतले कार्यालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको छानबिन गर्न माग गर्दै युनियनले प्रेस विज्ञप्ति जारी गर्दै छानबिन गर्न माग गरेको हो ।
केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेको प्रमुख कार्यकारी अधिकृतले अनधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराइ दैनिक कार्य सञ्चालन गराउँदै आएको विषय प्रति नेप्से कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्य/तथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।