निफ्राले गर्यो उल्लेख्य प्रगति, नाफा र ईपीएस दुबै बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.०९ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ४१ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६०.८८ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी ६२.०१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७३.०९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ५ करोड ९१ लाख रुपैयाँबाट घटेर ४ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा बढेर ७ रुपैयाँ ९ पैसा पुगेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३२.१४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ७३ पैसा रहेको छ ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पुँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ४१.३० प्रतिशत घटेको छ । त्यस्तै, बैंकको निक्षेप ७१.१२ प्रतिशत बढेको छ भने कर्जा १४३.६३ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स