पश्चिम सेती निर्माण गर्न ८० अर्ब भारु लाग्ने भन्दै एनएचपीसी बुझायो प्रारम्भिक प्रतिवेदन

काठमाडौं । पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको एनएचपीसी लिमिटेडले लगानी बोर्ड नेपालमा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको छ । लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजना निर्माण गर्ने समझदारी भएको थियो । प्रारम्भिक अध्ययनका क्रममा दुई आयोजना निर्माण गर्न ८० अर्ब भारू लगानी हुने एनएचपीले प्रक्षेपण गरेको छ ।

सुदूरपश्चिम प्रदेशको डडेलधुरा, डोटी, अछाम, बैतडी र बझाङ जिल्लामा निर्माण हुने आयोजनाबाट पश्चिम सेतीबाट ७५० मेगावाट र सेती नदी ६ बाट ४५० गरी १ हजार २०० मेगावाट विद्युत् उत्पादन हुने प्रारम्भिक अनुमान छ ।

गत भदौ २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा समझदारी पछि कात्तिक ३ गते लगानी बोर्ड नेपालले एनएचपीसीलाई जलाशययुक्त पश्चिम सेती परियोजनको अध्ययन गर्न सर्वेक्षण अनुमति प्रदान गरेको थियो ।

बोर्डले दुई वर्षभित्र अध्ययन सम्पन्न गर्ने गरी अनुमती दिएको छ । यसैबीच तीन महिनाभित्र आयोजनाको प्रारम्भिक अध्ययन प्रतिवेदन आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स