सूर्य ज्योति लाइफद्वारा कम्बल वितरण

काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशका विभिन्न स्थानहरुमा कम्बल तथा न्याने कपडा वितरण गरेको छ । बबढिरहेको जाडोलाई मध्येनजर  गर्दै कम्पनीले सूर्य ज्योतिको न्यानोपन अभियान संचालन गरी न्याने कपडा वितरण गरेको हो ।

कम्पनीले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेको छ । सूर्य ज्योतिको उक्त कार्यक्रम ललितपुरको नेपाल स्नेही काख र सत्प्रयास संस्थामा संचालन गरिएको थियो । यस्तै, कम्पनीले गुल्मीका बौद्धिक/बहिरा– अपाङ्गता भएका विधार्थी, माझिगाँउ बलिथुमका विपन्न परिवार, लक्ष्मिनिया गाउँपालिका, जलेश्वर, लाहान र विरगंजमा पनि कम्बल वितरण कार्यक्रमहरु गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी ISO 9001M2015 बाट सम्मानित भैसकेको छ ।

हाल कम्पनीको चु्क्ता पूँजी ४.५४ अर्ब रहको छ । कम्पनीले देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स