काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वस्तु आयातको नगद मार्जिन हटाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक निर्देशन जारी गर्दै आयातमा लागु गरिएको नगद मार्जिनको व्यवस्था खारेज गरेको हो ।
मन्त्रिपरिषद्ले १३ वैशाख २०७९ मा सबै प्रकारका गाडी (विद्युतीयबाहेक), १५० सीसीभन्दा माथिका माटरसाइकल, विदेशी मदिरा, महँगा मोबाइललगायत १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
राष्ट्र बैंकले मंसिर १७ गते निर्माण सम्बन्धी हर्मोनिक कोडका ६८ वटा वस्तु आयातमा भने नगद मार्जिन हटाइसकेको थियो । बाँकी वस्तु आयातमा भने माघ ५ गते परिपत्र जारी गर्दै सो व्यवस्था खारेज गरेको हो ।
राष्ट्र बैंक नेपालमा वैदेशिक मुद्राको संचितकम भएको भन्दै आयातलाई निरुत्साहित गर्न ले गत वर्ष माघ २६ गते आयातमा नगद मार्जिनको व्यवस्था ल्याएको थियो ।