सामान्य अंकले बढ्यो नेप्से, आदर्श लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयरबजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज ८२ लाख ४७ हजारको कित्ता सेयर ३ अर्ब ४ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०८ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज आदर्श लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यसैगरि, एनआइसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, रिडी पावरको १२ करोड ३२ लाख, पिपल्स् हाइड्रोपावरको १० करोड ४० लाख, अपि पावरको ९ करोड ४५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स