करिब ५ अर्बको कारोबार हुँदा रिडी पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयरबजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ९.०१ अंकले घटेर २१७३.१० अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ३३ लाख ४ हजारको कित्ता सेयर ४ अर्ब ९२ करोड ८७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२१ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रिडी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको १९ करोड ७६ लाख, नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख, अरुण भ्याली हाइड्रोपावर १२ करोड ७ लाख र उपर तामाकोसीको ९ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स