सिभिल बैंकलाई एक्विजिशन गर्न लागेको हिमालयन बैंक ३०औं वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश

काठमाडौं । सिभिल बैंकलाई एक्विजिशन गर्न लागेको हिमालयन बैंक लिमिटेड ३०औं वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा स्थापना भएको हिमालयन बैंक बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको ३०औं वर्ष पुरा भएको छ ।

३० वर्षअघि बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यसहित स्थापना भएको यो बैंकले यो ३० वर्षमा धरै बैकिङ क्षेत्रमा कोशेढुंगा भएर सेवा दिइरहेको छ ।

बैंकले ३०औं वर्षसम्ममा नेपाली बैकिङ क्षेत्रमा कडा प्रतिस्पर्धाका वाबजुत पनि प्राथमिक बैकिङ गतिविधिहरु कर्जा र निक्षेपमा अग्रता कायम राख्न सफल भएको छ ।

प्रिमियम बचत खाता, एचबिएल प्रोप्राइटरी कार्ड र मिलियनेयर डिपोजिट स्कीम जस्ता उत्पादनहरू बाहेक एटीएम र टेलि–बैंकिङ जस्ता सेवाहरू हिमालयन बैंकद्धारा पहिलो पटक प्रस्तुत गरिएको थियो । देशका अन्य वित्तीय संस्थाहरूले पनि यस्तै उत्पादन र सेवाहरू ल्याई हाम्रो नेतृत्वलाई पछ्याउँदै आएका छन् । तसर्थ, बैंकिङ क्षेत्रको आधुनिकीकरणका साथै हिमालयन बैंकका ग्राहकहरूलाई डिजिटलाइजेशमा रुझाउन हिमालयन बैंकले ठूलो भूमिका खेलेको छ ।

निजी क्षेत्रका बैंकहरूमध्ये उच्च निक्षेप आधार र कर्जा पोर्टफोलियोको साथ र विदेशी संवाददाता बैंकहरूसँग हिमालयन क्रेडिट स्ट्यान्डिङ अन्तर्गत अन्य स्थानीय बैंकहरूको एक्सपोजर कभर गर्ने कर्स्पोन्डेन्ट बैंकहरूलाई ग्यारेन्टीहरू विस्तार गर्दै, बैंक निश्चित रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गर्ने भन्नेमा विश्वास लिएको छ ।

बैंकले चालु आर्थिक वर्ष २०७९।८० को पहिलो त्रैमाससम्ममा १ खर्ब ५२ अर्ब ५५ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ भने बैंकले १ खर्ब ७० अर्ब ६० करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । साथै असोज मसान्तसम्ममा बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

हाल हिमालयन बैंक सिभिल बैंकसँग मर्जरमा जाने सम्झौता भइसकेको छ । नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई एकआपसमा गाभ्न स्वीकृत समेत दिइसकेको छ । माघ महिनाभित्रै दुवै बैंकले एकीकृत कारोबार सुरु गर्ने जनाएको छ ।

३० वर्षसम्म बैंकले ७४ वटा शाखा कार्यालय, १५३ वटा एटिएममार्फट बैकिङ सेवा सुधिवा दिदै आइरहेको छ । हालसम्म बैंकले १७ वटा बचत खाता र १३ वटा कर्जाका प्रकारबाट ग्राहकहरुलाई सेवा सुधिवा दिदै आइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स