अब अन्तर बैंक कारोबारको रिपोर्टिङ राष्ट्र बैंकलाई तत्कालै गर्नुपर्ने

काठमाडौं । जसमा बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक कारोबार विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिर्पोटिङ पोर्टल)मार्फत राष्ट्र बैंकमा पेश गर्नुपर्ने राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो विवरण केन्द्रीय बैंकको रिर्पोटिङ पोर्टलमा मात्रै अपलोड गर्नुपर्ने व्यवस्था रहेको थियो ।

साथै बैंक तथा वित्तीय संस्थाहरूले संशोधित व्यवस्थाअनुसार इन्टी« विवरण वा प्रोफाइल सम्बन्धी विवरणहरू सोही अनुसूचीमा तोकिएको अवधिभित्र सुपरिवेशक्षकीय सूचना प्रणाली रिर्पोटिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्नुपर्नेछ । यसअघिको निर्देशिकामा यस्तो व्यवस्था रहेको थिएन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स