रिडी पावरले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को ४० प्रतिशत बोनस सेयर वितरण भएपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ताको ५० प्रतिशतले हुन आउने ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

विद्युत नियमन आयोगले पूर्व स्वीकृतीका दिएपछि, कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन भएपछि र नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

यो हकप्रद बिक्रीबाट आउने रकम रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स