प्रत्येक आधा घण्टामा एउटा झोलुंगे पुल : नवनियुक्त शहरी विकासमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले देशभरमा प्रत्येक आधा घण्टाको फरकमा झोलुंगे पुल निर्माण गर्न नक्सांकन अघि बढाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्री पदको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हाल्दै उनले झोलुंगे पुलसम्बन्धी फाइलमा हस्ताक्षर गरेको हो ।

प्राथमिकताका आधारमा काम अगाडि बढाइने भन्दै मन्त्री पाण्डेले अहिलेको आवश्यकता र रोकिएको कामलाई प्राथमिकता दिइने बताए ।

मन्त्रालयअन्तर्गत शुरु भएर अघि बढ्न नसकेका आयोजना कसका कारण अघि बढ्न नसकेको हो भनी बुझेर तुरुन्त अघि बढाउने उनको भनाइ थियो ।

हरेक आधा घण्टामा जनताले झोलुंगे पुलबाट खोला पार गर्न पाउन् भनेर झोलुंगे पुल निर्माण अघि बढाउन लागिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।

पहिले कहाँकहाँ कति आवश्यकता छ भनी नक्सांकन गरिने उनको भनाइ छ । तीन वर्षमा सकिने गरी आयोजना अघि बढाउन लागिएको हो । उनले भने, ‘हरेक आधा घण्टामा एउटा पुल हुन कति चाहिन्छ अध्ययन गरेर निर्माण गरिनेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स