दुई लघुवित्तसहित तीन कम्पनीको सेयर कारोबार फुकुवा, भोलिबाट कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई लघुवित्तसहित तीन कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ।

नेप्सेले महिला लघुवित्त, महुली लघुवित्त र साल्ट ट्रेडिङको सेयर कारोबार फुकुवा गरेको हो।

३ वटै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम सेयर कारोबार रोक्का राखेको थियो ।

नेप्सेले महिला तथा महुली लघुवित्तको पुस २६ गते र साल्ट ट्रेडिङ पुस २८ गतेदेखि सेयर कारोबार रोक्का गर्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो।

कारोबार फुकुवासँगै अब भोलिबाटनै यी कम्पनीको सेयर कारोबारमा आउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स